काठमाडाैंमा सँगै बस्न थालेकाे एकमहिना नबित्दै युवक–युवती मृत फेला
- गाउँ सहर संवाददाता
- २३ पौष शुक्रबार, २०७८ | ०८:५०:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृत फेला परेका छन् ।
बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । उनीहरु डेरामा सँगै बस्दै आएका थिए ।
युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ । केटाको घाँटीमा चक्कुले रेटेको चोट छ । गएराति साढे १२ बजे खबर पाएर प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन् । अमिश अर्धनग्न अवस्थामा पल्टिएको र ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा ल्याएका थिए । तर, अस्पतालमा उनको मृत्यु भयो ।
अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । उनीहरु दुवैजना पब्जीको लतमा थिए ।
कोठामा रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु भेटिएको छ ।
अमिशको ठूली आमाका अनुसार २२ दिन पहिलेदेखि उनीहरु सँगै बस्न थालेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस