राजनीति

सभापति देउवाकाे आलाेचना गर्दै कोइरालाको अपिल : हामी कुनै पनि कार्यकर्ताको शीर झुक्न दिने छैनौँ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउन सभापतिले ध्यान दिनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा पार्टीको १४औँ महाधिवेशनमा आफ्नो समूहमा रहेका नेता–कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले केन्द्रिय सदस्य मनाेननयमा त्याे नदेखिएकाे बताएका हुन् ।

उनले पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचन र मनोनयन दुवै माध्यमबाट पुगेका नेताहरूलाई बधाई दिँदै उनले सबैको एउटै जोड कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने रहेको पनि बताए ।

कोइरालाले महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले मनोनयन गरेका १३ जना केन्द्रीय सदस्यहरू कुन मापदण्डअनुसार मनोनयन भएका हुन् त्यो जान्न चाहेको उल्लेख गरे ।

‘महाधिवेशनपछि सभापतिज्यूले मनोनयन गर्नुभएका सबै नेताहरू योग्य र सक्षम नै हुनुहुन्छ । तर, कुन मापदण्डका आधारमा मनोनयन गरिएको हो। यो भने हामी जान्न चाहन्छौँ ।पार्टीमा न्यायोचित अवसरको वितरण व्यवस्थापन हुन जरूरी छ । नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्छ’, उनले भने ।

सभापति देउवाले दुईपटक गरी हालसम्म १३ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । जसमा आफू निकटका व्यक्तिलाई मात्र मनोनित गरेको र इतर पक्षलाई बेवास्ता गरेको कोइराला पक्षको गुनासो छ ।

कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन् । नले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गरे ।

नेतृत्वको कार्यशैली ठिक ठाउँमा ल्याउन आवाज उठाउन जरुरी देखिएको बताए ।

“नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुयाउने अभियानमा विश्राम लागेको छैन । पार्टीको १४औँ महाधिवेशनले केही साथीहरूलाई महत्त्वपूर्ण जिम्मेवारीमा पुर्‍याएको छ भने केही साथीहरूलाई पदीय जिम्मेवारीबाट बाहिर राखेको छ,” उनले भनेका छन्, “संगठनभित्रको जिम्मेवारी पाउनुभएका साथीहरूलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकले मात्र भरोसा गरेका छैनन्, आमनेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरूको गतिविधिलाई हेरिरहेका छन् । त्यसकारण हामी अग्निपरीक्षामा छौँ ।”

उनले पार्टी सभापतिले पनि ‘लाइक’ र ‘डिसलाइक’बाट व्यक्तिको छनोट गरे पार्टीमा दुर्घटना हुने चेतावनी पनि दिएका छन् । 

भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरू सहभागी थिए ।

कोइरालाको अपिल

नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा विश्राम लागेको छैन। पार्टीको १४ महाधिवेशनले कही साथीहरूलाई महत्वपूर्ण जिम्मेवारीमा पुर्‍याएको छ भने केही साथीहरूलाई  पदीय जिम्मेवारीबाट बाहिर राखेको छ ।

१) संगठन भित्रको जिम्मेवारी पाउनु भएका साथीलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकले मात्र आस्था र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरूको गतिविधिलाई हेरिरहेका छन् । त्यसकारण हामी अग्नी परीक्षामा छौं ।

२) हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ। अहिले पार्टी संगठन भित्र कटुता विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन । तर यति भनिरहँदा पार्टीमा काम गर्न निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरूलाई नियोजित किसिमले पाखा लगाउने कामका विरूद्ध हामीले डटेर आवाज उठाउनुपर्छ । हामी लोकतन्त्र वादीहरू राजनीतिक खेल एउटा नियमसंगत रूपमा अगाडि बढोस् भन्ने हामी चाहन्छौं । सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौँ भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनुपर्छ । पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरू हाम्रा लागि असहज हुन सक्छन्। हाम्रो निर्णय प्रकृयाले पार्टीमा उर्जाको सञ्चार  गर्न नसके कांग्रेस सिथिल हुनसक्छ ।

३) पार्टी सभापतिज्यूले केही साथीहरूलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ, नियुक्ति पाउनुभएका सबै साथीहरू योग्य नै हुनुहुन्छ तर के ‘मापदण्ड’ अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौं । पार्टीमा न्यायोचित अवसरको वितरण व्यवस्थापन हुन जरूरी छ । नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्छ ।

४) सभापतिको लाइक र डिसलाइकमा व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुनसक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एक ढिक्का भएर पर्यत्न गर्ने कि नगर्ने ? मलाई थाहा छ हामी पार्टीको निर्णय गर्नमा प्रभावकारी तर पार्टीका विरूद्ध हुने सबै कार्यहरू न्याय संगत र विधान संगत विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहान्छौं । यी विषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने ?

मलाई लाग्छ हामी सक्छौं । साथीहरू हाम्रा अगाडिका बाटाहरू सहज छैनन् । तीन तहको निर्वाचन हामी सामूछ कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभर साथीहरूसँग जानेछौं । एकताको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौँ । हामी थाक्ने छैनौँ र विश्राम पनि लिने छैनौँ । हामी कुनै पनि कार्यकर्ताको शीर झुक्न दिने छैनौँ । निरास हुन दिनेछैनौँ । कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहनेछौँ । तीन तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर देशको मुहार कांग्रेसले मात्र फेर्न सक्ने कुरामा हामी कटिवद्ध छौँ ।

गाउँ सहर संवाददाता

Padam Karki लेख्नुहुन्छ २१ पौष, २०७८ ७:१२ pm

मोरङमा हार केन्द्रमा हार लाज लाग्दैन

B Singh Mahar लेख्नुहुन्छ २१ पौष, २०७८ ७:११ pm

Tyo t samaya le batauchha deuba is kikg

Bhanu Baral लेख्नुहुन्छ २१ पौष, २०७८ ७:१० pm

पार्टी मा एकलौटी गरेर गए निश्चित छ , दुर्घटना हुन्छ ।

तपाईँको मत