राजनीति

कांग्रेसकाे जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो

काठमाडाैं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ ।

यही पुस २७ गते जिल्ला अधिवेशन गर्ने भने पनि आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले माघ १५ गतेका लागि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन पछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको छ ।

राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ ।

गाउँ सहर संवाददाता