शेयरबजारमा सुधारकाे संकेत, २ दिनमा ९२ अंकले बढ्याे
- गाउँ सहर संवाददाता
- १९ पौष सोमबार, २०७८ | १५:५२:०० मा प्रकाशित

काठमाडौं । साताको दोस्रो दिन साेमबार पनि नेप्से वृद्धिले शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय अंक माथि पुगेको छ ।
यसदिन सूचक ३२.०३ अंकले बढेर परिसूचक २६१६.९४ बिन्दुमा पुगेकाे छ ।
२३० कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँको सेयर किनबेच भएको छ ।
पछिल्लो २ दिनमा मात्रै नेप्से ९२ अंकले बढेको छ । यसदिन लघुवित्तको सूचक सर्वाधिक २.८८ प्रतिशत बढ्दा फाइनान्स पनि २.०५ प्रतिशतले बढेको छ । यसदिन बैंकिङ्ग, विकास बैंक र म्युचुअल फण्डको सूचक पनि १ प्रतिशत बढीले वृद्धि भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ ।
दिनभर ८२ लाख ५ हजार ५२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँ पुग्यो । सोमबार धेरे शेयर मूल्य बढ्ने कम्पनीहरूमा मध्य भोटेकोशी हाइड्रोपावर, गुराँस लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, एनआई एशिया लघुवित्त, फ्रस्ट माइक्रोफाइनान्सलगायत शेयर मूल्य बढेको छ । भोटेकोशी हाइड्रोपावर र गुराँस लघुवित्तको शेयर मूल्य सोमबार १० प्रतिशतले बढेको छ ।
रुरु जलविद्युतको सेयरमूल्य सर्वाधिक २.५९प्रतिशतले घटेको बजारमा नेपाल बंगलादेश बैंक २.४५, कालीका पावर २.३२, लुम्बिनी जनरल २.१२ र युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य पनि २ प्रतिशत भन्दा बढीले घटेको छ ।
बजारमा आएको सुधारले लगानीकर्ता पनि आकर्षित देखिन थालेका छन् । नेप्से सूचकका साथै कारोबारमा आएको सुधारका कारण लामो समयपछि लगानीकर्ता बजारप्रति आकर्षित पनि बनिरहेका छन् ।
कारोबार रकमका आधारमा सोमबार पनि हिमालयन डिष्टिलरीको सबैभन्दा अब्बल साबित बनेको छ । कम्पनीको सबैभन्दा धेरै २८.४४ करोडको सेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस