प्रचण्डको परिवारबाट माओवादी केन्द्रीय सदस्यमा चारजना
- गाउँ सहर संवाददाता
- १८ पौष आइतबार, २०७८ | २०:५०:०० मा प्रकाशित

काठमाडौं । माओवादी पार्टीकाे केन्द्रिय सदस्यमा पुष्पकमल दाहाल प्रचण्डकाे परिवारबाट चारजना परेका छन् ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गर्ने क्रममा प्रचण्डले आफूसहित आफ्नो परिवारका थप तीन सदस्यलाई पार्टीको केन्द्रीय समितिमा राखेका छन् ।
उनले २३६ जनाको नाम घोषणा गर्दा आफ्नो नाम खुला केन्द्रीय सदस्यमा पार्दा खस आर्य पुरुषतर्फको एक नम्बरमा भाइ नारायणप्रसाद दाहाललाई राखेका छन् ।
उनले खुल्लातर्फ आफ्नो नाम २३ औं नम्बरमा राखेका छन् ।
त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई प्रचण्डले खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाएका हुन् ।
त्यस्तै बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा अटाएकी छन् ।
त्यस्तै रेनु खसआर्य महिला कोटाबाट केन्द्रीय सदस्य चयन भएकी हुन् भने कान्छी बुहारी बिना आदिवासी जनजाति महिलाबाट केन्द्रीय समितिमा समेटिएकी हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्राप्त प्रतिक्रिया
प्रचण्ड को नाति नातिना लाई पनि बनाको भए हुन्थेनि
प्रतिकृया दिनुहोस