प्रतिनिधि सभा

प्रतिनिधि सभाको आजका लागि बोलाइएको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आजका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक नेकपा माओवादी केन्द्रको आग्रहमा स्थगित गरिएको जनाइएको छ ।

माओवादीले पार्टीको आठौं महाधिवेशन जारी रहेकाले प्रतिनिधि सभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको पार्टीका एक नेताले बताए । प्रतिनिधि सभाको अर्को बैठक पुस २२ मा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

साथै प्रतिनिधि सभा बैठकसँगै आजका लागि बोलाइएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको छ ।

गाउँ सहर संवाददाता