आज बस्ने प्रतिनिधिसभाको बैठककाे कार्यसूचीमा एमसीसी अटेन
- गाउँ सहर संवाददाता
- १८ पौष आइतबार, २०७८ | ०८:०५:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।
आजको बैठकमा एमसीसी सम्बन्धी प्रस्ताव सम्भावित कार्यक्रममा समावेश गरिएको छैन ।
नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गर्दै आएका छन् ।
एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
प्रतिकृया दिनुहोस