जसकाे अपराध डाेकाेले छाेपेन...
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १६:३४:०० मा प्रकाशित

रामेछाप । नेपाली समाजमा एउटा उखान छ-"पाप धुरीबाट कराउँछ, अर्थात पाप गर्ने जोकोही कानुनबाट उम्किन सक्दैन ।" त्यस्तै भएको छ रामेछापका एक फरार अभियुक्तकाे जीवनमा ।
ज्यान मार्नेजस्तो जघन्य पराध गरेर फरार रहेका अभियुक्त २८ वर्षपछि जेलको हावा खाँदैछन् । उनी हुन् होमबहादुर थापामगर । वर्षाैँदेखि कानुनकाे आँखा छलि हिँडेका थापामगर प्रकाउ पर्नुअघि डाेकाेमा लुकिरहेकाे अवस्थमा भेटिए । जति नै भाग्दै हिँडे पनि अन्तत: उनकाे अपराध डाेकाेले पनि छेक्न सकेन र प्रहरीकाे फन्दामा परे ।
घटना आजभन्दा २८ वर्ष अघिकाे हाे । दोरम्बा शैलुङ गाउँपालिका–४ का अभियुक्त थापामगरसहित ४ जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई चक्कुले मुटु नै छेड्ने गरि प्रहार गरी हत्या गरेका थिए ।
कर्तब्य ज्यान मुद्दामा रामेछाप जिल्ला अदालतबाट २०५० फागुन १६ गते फैसला भई थापामगरलाई २० वर्ष कैद सजाय तोकिएको थियो ।
जिल्ला अदालत रामेछापबाट कर्तव्य ज्यान मार्ने उद्योगमा २० वर्ष कैद सजाय सुनाइए पनि ५५ वर्षिय थापामगर फरार थिए । अन्य दोषीहरु पक्राउ परि सजाय भुक्तान गरि सकेपनि उनकाे भने प्रहरीले खाेजीकार्य जारी राखेकाे थियाे ।
साेही क्रममा विशेष सूचनाको आधारमा घरमा आएको मौका छापेर रामेछापबाट खटिएकाे प्रहरी टाेलीले उनलाई डोकोमा लुकेर बसेको अवस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले जानकारी दिए ।
उनलाई मंगलबार नै जिल्ला अदालत रामेछापमा पेश गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख ढुंगानाले जानकारी दिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस