चीनमा पुन: बढन थाले काेराेना सङ्क्रमित
- गाउँ सहर संवाददाता
- १३ पौष मंगलबार, २०७८ | १३:०४:०० मा प्रकाशित

एजेन्सी । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै सङ्क्रमणका भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि ती अधिकारीहरुले जनाएका छन् । सोमबार चीनमा कोरोना भाइरसका १८२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
ती सङ्क्रमतिहरु चीनको साङ्सी प्रान्तमा बढी पाइएका बताइएको छ । तीमध्ये धेरैजसो स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए ।त्यस्तै १५ जना मात्र सङ्क्रमितहरु बाहिरबाट आएका मानिसमा भेटिएको पाइएको मंगलबार जानकारी दिइएको हो ।चीनको नेशनल हेल्थ कमिसनले मंगलबार दिएको जानकारीअनुसार चीनमा नयाँ सङ्क्रमित भेटिने क्रम बढ्दै गएको छ ।
यहाँका स्थानीय नागरिकहरुमा नै सङ्क्रमण बढेको पाइएकाले चीन पनि पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको हो । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीब्रता दिएको जनाएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस