आजदेखि सुरु हुने फाइजर खोप अभियान स्थगित
- गाउँ सहर संवाददाता
- १३ पौष मंगलबार, २०७८ | ०९:४३:०० मा प्रकाशित

काठमाडौं । सरकारले आज (पुस १३ गते) देखि सुरु गर्ने भनेको फाइजर खोप अभियान केही दिनको लागि स्थगित गरेको छ ।
फाइजर खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिँन सिरिन्ज केही ढिला गरेर आउने भएकोले तत्कालका लागि खोप अभियान स्थगित गरेको स्वास्थ्य सेवा विभाग खोप शाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए ।
घोलक आउनेबित्तिकै खोप अभियान सुरु गर्ने भण्डारीले जानकारी दिनुभयो । उनले भने,‘खोपलाई आवश्यक पर्ने घोलक आएपछि खोप अभियान सुरु गर्छौं, अहिले कहिलेदेखि खोप अभियान सुरु गर्ने भनेर मिति तोकिएको छैन । सायद, आठ–दश दिनमा अभियान सुरु हुन्छ ।’
फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ । खोप अभियानको लागि छ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप आइसकेको छ ।
पुस २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै पुस १३ देखि २२ गते आठ जिल्लामा फाइजर खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस