कास्की ९८ रनले विजयी
- गाउँ सहर संवाददाता
- १२ पौष सोमबार, २०७८ | २१:१२:०० मा प्रकाशित

कास्की । पोखरा रंगशालामा जारी गण्डकी प्रदेश पुरुष छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा कास्कीले स्याङ्जामाथि ९८ रनको फराकिलो जित हाँसिल गरेको छ । कास्कीले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा स्याङजाको पारी मात्रै ६५ रनमा समेटिएपछि कास्की विजयी भएको हो । पहिला व्याटिङ्ग गरेको कास्कीले पुरा ४० ओभर खेल्दै ९ विकेटको क्षतीमा १ सय ६३ रनको योगफल तयार पारेको थियो ।
कास्कीको व्याटिङ्गमा अनिल गुरुङ्गले ५२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडे । त्यस्तै, कप्तान विपिन खत्रीले १ छक्का र १ चौका प्रहार गर्दै ३३ रन जोडे भने कृष्ण पौडेलले ३० रन बनाएका थिए । स्याङ्जाका बलरहरु टिकाराम गैह्रेले ३ तथा इश्वर खनालले २ विकेट लिए ।मात्रै २०.२ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुगेको स्याङजाको लागि सन्दिप खत्रीले १२ तथा सुरज गुरुङ्गले १० रन जोडे । अन्य व्याट्स्म्यानले दोहोरो आँकडाको योगफल समेत तयार पार्न सकेनन् ।
खेलमा कास्कीका कृष्ण पौडेल म्यान अफ द म्याच भए । उनलाई नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषि गौतमले ट्रफी प्रदान गरे । छनौंट प्रतियोगिताको अन्तिम खेल मंगलबार कास्की र नवलपुरविच हुने भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस