भारतमा काेराेना संक्रमित बढेसँगै रात्रीकालिन कर्फ्यूकाे घाेषणा
- गाउँ सहर संवाददाता
- १२ पौष सोमबार, २०७८ | ११:१३:०० मा प्रकाशित

काठमाडाैं । भारतको राजधानी दिल्लीमा आजदेखि रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ। कोभिड १९ संक्रमणको दर वृद्धि हुन थालेपछि भारतको राजधानी दिल्लीमा आजदेखि रात्रिकालीन कर्फ्यू घोषणा गरिएको हाे । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लागू हुने भारतीय अधिकारीहरुले जनाएका छन् ।
ओमिक्राेन भेरियन्टको त्रासबिच आइतवारमात्रै दिल्लीमा २९० जनामा संक्रमण देखिएको थियो। भारतमा ओमिक्राेन भेरियन्टको प्रभाव दिल्लीमा अत्याधिक छ ।
संक्रमण रोक्न नै रात्रिकालीन कर्फ्यू लगाउनु परेको अधिकारीहरुले बताउँछन् । अत्यावश्यक सेवाहरु भने सुचारू नै रहने छ । बजार, मल र पसलहरु राति ११ बजेसम्ममा बन्द गर्नुपर्नेछ। यस्तै, स्वास्थ्य मापदण्ड पालना गर्न पनि राज्य सरकारले सबैलाई आग्रह गरेको छ। मास्कलाई पुन अनिवार्य गरिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५३१ जनामा कोभिड १९ संक्रमण देखिँदा ३१५ जनाको मृत्यु भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस