विश्व

बाढीले बगाउँदा मलेसियामा ४६ जनाको मृत्यु

काठमाडाैं । केही दिनयता मलेसियामा देखिएको भीषण बाढीले बगाउँदा कम्तीमा ४६ जनाको ज्यान गएकाे छ  । केही दिनयता जारी रहेको मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको ज्यान गएको एजेन्सीले बताएकाे छ ।

उद्धार अधिकारीहरुले अरु ८ जना अझै बेपत्ता भएकाे बताएका छन् । मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा धेरैको ज्यान गएको बताएको छ ।

साथै, ती क्षेत्रमा अझै भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

गाउँ सहर संवाददाता