दीपशिखा सामुदायिक पुस्तकालयमा नयाँ नेतृत्व
- गाउँ सहर संवाददाता
- १० पौष शनिबार, २०७८ | १३:२९:०० मा प्रकाशित

लेखनाथ । दीपशिखा सामुदायिक पुस्तकालय पोखरा –२९. को १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि कृष्णहरि भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत रुपमा चयन भएको समितिको उपाध्यक्षमा निर्मला पौडेल, सचिवमा पदम प्रसाद अधिकारी, सह सचिवमा संकर प्रसाद पौडेल र कोषाध्यक्षमा माधव भण्डारी रहको छन् ।
समितिको सदस्यहरुमा कमला भण्डारी, सुवेदार चन्द्र बहादुर गुरुङ, विश्वराज पौडेल, बुद्धिमाया थापा मगर, मिन कुमारी डल्लाकोटी र मञ्जु विक रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष चेतवहादुर गुरुङले पुस्तकालयलाई समय सुहाउँदो प्रविधि मैत्री बनाउनका लागि आधुनिक प्रणालीबाट इ-लाईवेरीका रुपमा विकास गराउँदै दिपशिखा पुस्तकालयलाई महानगर कै सुचना केन्द्रका रुपमा विकास गराउन सकिनेमा जोड दिए ।
लेखनाथ नगरपालिका सस्थापक नगर प्रमुख शालिकग्राम पौडेलले पुस्तकालयमा पुस्तक छन् तर पाठक नहुँदा पछाडि परेको प्रसंग उठाउँदै समयको माग अनुसार सूचना र प्रविधिलाई सहज बनाउनुपर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा सस्थापक अध्यक्ष ईश्वरबहादुर हमाल, सदस्य दिपकमणि भण्डारी र पाठकहरुको तर्फबाट राधव वस्नेत सवै पाठकलाई समेटने गरी पुस्तकहरुको ब्यवस्था गर्न सके ज्ञान र सिपको विकास हुने धारणा राखे ।
सस्थाका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक दिपकमणि भण्डारी र कार्यक्रम संचालन सचिव पदमप्रसाद पौडेलले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस