रामेछापबाट कांग्रेस केन्द्रिय तहमा प्रतिनिधित्व गर्ने नेतृत्व शून्य
- गाउँ सहर संवाददाता
- १० पौष शनिबार, २०७८ | १३:४७:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा रामेछापबाट तीन जनाले केन्द्रीय सदस्यले उम्मेदवारी दर्ता गराए पनि जिल्लाले एकजना पनि विजयी नेता पाएन ।
रामेछापबाट संविधासभाका सदस्यसमेत रहेका कांग्रेस नेता आङटावा शेर्पा (जनजाति तर्फ), नेविसंघका पूर्व उपसभापति एवं गत प्रदेशसभा निर्वाचनमा रामेछाप ‘क’ का प्रत्यासी रत्न कार्की खुलातर्फ र विनिता खड्काले (खस आर्य महिलातर्फ) बाट उम्मेदवारी दिएका भएपनि तीनै निर्वाचित हुन सकेनन् ।
खुला सदस्यमा उम्मेद्वारी दिएका कार्कीले १३९८ मत ल्याएपनि जित हासिल गर्न सकेनन् । देउवा समूहबाट खुला सदस्यमा परेपनि निर्वाचित ३५ सदस्यभित्र पर्न सकेनन् । यसपटक कार्कीकै उमेर समूह र नेविसंंघ, तरूण दलमा रहेर कार्य गरेरका अधिकांश नयाँ सदस्यले जिते तर उनी भने पराजित हुन पुगे । ३५ सदस्यका लागि ९९ जनाले प्रतिस्पर्धा गरेका थिए । त्यसाे त पहिले खस आर्यबाट चुनावमा लड्ने तयारी थियो गरेपनि पछि खुल्लामा प्रतिस्पर्धा गर्नुपरेकाे उल्लेख गरे ।
२०५६ सालमा नेविसंघकै जिल्ला अध्यक्ष, नेविसंघको केन्द्रीय प्रचार विभागको प्रमुख, केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुँदै २०७४ सालको प्रदेशसभा चुनावमा ‘क’ का प्रत्यासीसमेत कार्कीले पराजित हुनुमा आफ्नै जिल्लाका महाधिवेशन प्रतिनिधिहरूबाट सहयाेग नपाएकाे गुनासाे गरे । त्यसैगरि केही प्रदेशबाट पनि सिन्डिकेट जसरी टीम फरक भएपनि अन्य जिल्ला, प्रदेशका लागि मत नहालेकाे उनकाे अनुमान छ ।
कार्कीले भने "आफ्नै जिल्लामा पनि कतिपय नेताहरूकाे केन्द्रिय सदस्यमा जित्याे भने हामी पछि पर्छाैँ भन्ने संकुचित साेचले काम गरेकाे मेराे बुझाइ हाे । साथिहरूबाट अपेक्षाकृत सहयाेग नपाएकै हाे । अब धेरै के अरूलाई दाेष दिइराख्नु र तर हाम्राे जिल्लामा एकले अर्काेलाई सहयाेग नगर्ने प्रवृत्ति डर लाग्दाे गरि माैलाएकाे छ । त्याे जातीगत, भूगाेल वा गुटगत रूपमा किन नहाेस् । यसरी त हाम्रा जिल्लाका सबै नेताहरू उही जति उफ्रेपनि कान्लामुनिकाे भ्यागुता कान्लामुनीका कान्लामुनी नै भने झैँ सबै जिल्लामै सीमित हुने देखिन्छ" ।
त्यसैगगरि, आदिवासी जनजातितर्फकाे केन्द्रीय सदस्यमा ८ जना निर्वाचित हुने काेटामा उम्मेद्वारी दिएका आङटावा शेर्पा पनि निर्वाचित हुने सकेनन् । चीनकाजी श्रेष्ठले सबैभन्दा धेरै मत २३०८ मत ल्याउँदा शेर्पाले १३७ मत मात्रै पाए । त्यसाे त शेर्पा कुनै पनि टीम परेका थिएनन् ।
शेर्पा दोस्रो संविधानसभाको निर्वाचनमा रामेछाप क्षेत्र नं १ बाट सांसद निर्वाचित भएका थिए भने पटक–पटक गरेर तीन पटक जिल्ला सभापति हुने मौका पाएका व्यक्ति हुन् ।
त्यस्तै, अघिल्लो महाधिवेशनमासमेत देशकै कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा १९ वर्षको उमेरमा सहभागी र यसपटक सबैभन्दा कान्छी उम्मेद्वार भनेर चर्चा कमाएकी बिनिता खड्का पनि निर्वाचित हुन सकिनन् ।
महाधिवेशनभर सबैभन्दा कान्छी उम्मेद्वार भने चर्चा बटुलेअनुसार उनले मत भने पाउन सकिनन् । तर उनले ४२२ मत प्राप्त गरिन् । खस आर्य महिलातर्फ ६ जना निर्वाचित हुने व्यवस्था छ । ६ जनाकाे लागि ३१ जनाको उम्मेद्वारी परेको थियो ।
मत परिणाम सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत आत्माविश्वास बढेकाे बताएकी छन् । "कहिले नलेडर बाँच्नुमा भन्दा पटक पटक लडेर बाँच्नुमा धेरै खुशी मिल्छ । ( नेल्सन मन्डेला) राजनीतिक प्रतिकूलता रहँदा पनि यो मेरो पहिलो अभ्यास हो । यो हारलाई मैले हार मानेको छैन मेरो आत्माविश्वास र युवा प्रतिनिधित्वको लागि हो भोलिको दिनमा पनि तपाईंहरुको मन जित्ने छु भन्ने आशा गरेको छु । आदरणीय देश तथा देशबाहिरबाट नेपाली कांग्रेस १४औं महाधिवेसन पाल्नुहुने मलाई विश्वास गरेर ४२२ मत प्रदान गरिदिनुहुने सम्पूर्ण प्रतिनिधिज्यूहरुमा हार्दिक आभार ब्यक्त गर्दछु । यो तपाईँहरुले दिनुभएको मतले राजनीतिक यात्रामा अझ थप उर्जा मिलेको छ । र भोलिको दिनमा अझै सकृय भइ लाग्ने छु भने विश्वास व्यक्त गर्न चाहन्छ" उनले लेखेकी छन् ।
उनी १४औं महाधिवेशनका लागि जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतले विजयी भएकी थिइन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी रामेछापको सुनापति गाउँपालिकाबाट उपाध्यक्ष उम्मेदवार बनी दोस्रो स्थानमा आएकी थिइन् । खड्का राजनीतिक, सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएकी छन् ।
त्यसाे त केन्द्रिय सदस्यमा उठेका उम्मेद्वारहरू पराजित हुनुमा जिल्लाका नेताहरूका सहयाेग नरहेकाे, गाउँदेखि नै सधैँ गुटबन्दीका कुराले असर गरेकाे जिल्लाका कार्यकर्ताहरूकाे बुझाइ छ । गुटका कारण स्थानीय तहदेखि केन्द्रसम्मै कार्यकर्ताहरू विभाजित हुनु दुखद रहेकाे भन्दै धेरै कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टी पाेखिरहेका छन् । कांग्रेसभित्रै एकता नहुँदा अब अन्तर पार्टीसँगकाे निर्वाचनमा कसरी विजय हासिल गर्न सकिन्छ ? भन्ने बेलामा पार्टी भित्र एकताकाे कुरा गर्ने परेकाे बेला काखमा राखेर राजनीतिक अघि पुग्छ भने कार्यकर्ता रेट्ने कार्यले रामेछाप कांग्रेस केन्द्रिय तहमा कहिल्यै नेतृत्वमा नपुगेकाे भन्दै सामाजिक सञ्जालहरूमा आक्राेश पाेखेकाे देखिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस