कांग्रेस महाधिवेशनमा आदिवासी जनजातितर्फबाट निर्वाचित ८ जनासहित कुन उम्मेद्वारले कति मत पाए ?
- गाउँ सहर संवाददाता
- ९ पौष शुक्रबार, २०७८ | १६:४०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आदिवासी जनजातितर्फकाे केन्द्रीय सदस्यमा ८ जना निर्वाचित भएका छन् ।
निर्वाचितमध्ये सबैभन्दा धेरै चिनकाजी श्रेष्ठले २३०८ मत पाएका छन् भने दाेस्राे र तेस्राे मत क्रमश: उमेश श्रेष्ठले २१४४ र बहादुर सिंह लामा (तामाङ) ले २११४ मत पाएका छन् ।
त्यसैगरि चाैथाेमा दिलमान पाख्रिनले १९७६, पाँचाैँ टेकबहादुर गुरूङ (मनाङ) १९०६, छैटाैँमा आङगेलु शेर्पाले १८९८ मत पाएका छन् भने साताैँमा तारामान गुरूङ १८४८, आठाैँमा टेकप्रसाद गुरूङले १७७८ मत पाएर निर्वाचित भएका छन् ।
पार्टी कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ ।
आदिवासी जनजातितर्फको केन्द्रीय सदस्यको मतगणनामा ८ पदमध्ये ७ जना देउवा पक्षका विजयी भएका छन्। मतपरिणाम सार्वजनिक हुँदा डा शेखर कोइराला पक्षका एक जनाले जितेका छन् ।
यता, शेखर पक्षका टेकप्रसाद गुरु विजयी भएका छन् ।
कसले कति मत पाए ?

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस