शुक्रबार थपिए २६० जना कोरोना सङ्क्रमित, ३४९ जना कोरोनामुक्त
- गाउँ सहर संवाददाता
- ९ पौष शुक्रबार, २०७८ | १५:१७:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६० जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ८९८ वटा नमूना परीक्षण गर्दा २६० जनामा संक्रकमण पुष्टि भएको हो ।
संक्रमणका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ ।
आज ३४९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा चौबीस घण्टामा १५१ संक्रमित थपिए
२४ घण्टामा काठमाडौं उपत्यकामा १५१ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १०६, भक्तपुरमा १० र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ६०२ पुगेको छ । आज देशभर ४ हजार ८१७ जना होम आइसोलेसनमा र २३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
अस्पतालमा उपचाररतमध्ये ७७ जना आईसीयू तथा २१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस