गाउँ सहर

एसएसपी सुशील यादव निवासमै मृत फेला

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव शुक्रबार बिहान आफ्नै सरकारी निवासभित्र मृत फेला परेका छन् ।

संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख समेत रहेका उनी निवासभित्र झुन्डिएको अवस्थामा फेला परेको दाबी गरिएको छ ।

यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते यादवले अवकाश पाउन लागेका थिए । उनको मृत्युको एकिन कारण भने खुलेको छैन ।

गाउँ सहर संवाददाता