राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी : राष्ट्रिय सम्मेलनबारे छलफल

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पुस ११ देखि १३ गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुन गइरहेको प्रथम राष्ट्रिय सम्मेलनबारे छलफल भइरहेको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

राष्ट्रिय सम्मेलनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहालले तयार पारेकाे राजनीतिक प्रतिवेदनमाथि पनि सुझाव संकलन एवम् छलफल हुने  जनाइएको छ ।

गाउँ सहर संवाददाता