गाउँ सहर

दुर्घटना एक जनाकाे मृत्यु

 

काठमाडाैं । ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको हाे । शुक्रबार बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले जानकारी दिएका छन्  ।

ट्रक अन्दाजी१०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन् । दुर्घटनामा परी जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृत्यु भएको प्रहरीले जनाएकाे छ कार्की गाडीधनी हुन् । 

 घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता