गण्डकी प्रदेशकाे विकासको नेतृत्व माओवादी केन्द्रले गर्ने : सभापति कोइराला
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | १३:३७:०० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकासको नेतृत्व माओवादी केन्द्रले गर्ने बताएका छन् ।
पोखरा १६ अर्मलाकोटमा आयोजित बृहत्त भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै सभापति कोइरालाले उक्त कुरा बताएका हुन् ।
कोइरालाले अहिलेको राजनैतिक परिवर्तन माओवादीकै नेतृत्वमा भएको र अब विकासको.परिवर्तन पनि माओवादीकै नेतृत्वमा मात्र सम्भव भएको दावी गरे ।
प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण चाइना गर्दे पोखरामा अन्तराष्ट्रिय विमानस्थलको लागि कुरा अगाडि बढाएको यस्तै मध्यपहाडी लोकमार्ग निर्माण अवधारण अगाडि सारेको नेपालमा पूर्व पश्चिम रेल मार्ग बन्नुपर्छ भनेर अवधारणा ल्याने पार्टीनै माओवादी भएको बताए ।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा अखिल नेपाल खेलकुद महासंघ प्रदेश इन्जार्च जीवन खाती, नेकपा माओवादी केन्द्रका युवा नेता विपिन आचार्य, अर्मला कोट घर भई हाल युकेमा कार्यरत पर्ता परियार, नेकपा माओबादी १६ अध्यक्ष निर्मल आचार्य लगायतले अर्मलाकोटको विकासको लागि आ-आफ्ने ठाउँबाट सहयोग गर्ने बताए ।
अर्मलाकोट सामुदायिक होमस्टेका अध्यक्ष बविता गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दीपक परियारले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस