उकालाे लाग्याे शेयरबजार, साढे चार अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- ७ पौष बुधबार, २०७८ | १५:२०:०० मा प्रकाशित

काठमाडाैं ।नेप्से साताको कारोबारका चौथोे दिन बुधबार उच्च अंकको वृद्धि भएको छ । मंगलबार ५६.७३ बढेर दुई हजार चार सय १५ दशमलब ५५ विन्दुमा पुगेका नेप्सेमा आज पनि उच्च अंकले वृद्धि भएको छ ।
बुधबार नेप्से ९२.१६ बढेर दुई हजार पाँच सय ७ दशमलब ७० विन्दुमा पुगेको हो । त्यस्तै, कारोबार रकममा पनि वृद्धि भएको छ । आज ४ अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ । मंगलबार दुई अर्ब ३८ करोड ३२ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आजकाे दिन १० कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, शिवम् सिमेन्ट, स्वाभिमान लघुवित्त, सगरमाथा इन्स्योरेन्स, आइएसडीसी लघुवित्त, हिमालयन डिष्ट्रिलर, हिमाल दोलखा हाइड्रोपावर, युनियन इन्स्योरेन्स रहेको छ । यी सबै कम्पनीको शेयरमूल्य सर्किट लेभेलमा बढेको छ ।
त्यसैगरी, याे दिन नबिल डिबेञ्चरको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । आज यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ६८ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस