संसदमा एमालेकाे नाराबाजीबीच चार अध्यादेश स्वीकृत, बैठक पुष १८ गतेसम्मका लागि स्थगित
- गाउँ सहर संवाददाता
- ७ पौष बुधबार, २०७८ | १४:३७:०० मा प्रकाशित

काठमाडाैं । आज पनि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संघीय संसद् प्रतिनिधि सभाको बैठक अवराेध गरेका छन् ।
अवरोधकै बीच चार अध्यादेश स्वीकृत गर्दै बैठक ११ दिनका लागि स्थगित गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटा पुस १८ गतेसम्मका लागि स्थगित गरेका हुन् ।
'नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन),२०७८', 'तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन)अध्यादेश, २०७८', 'समाजिक सुरक्षा(पहिलो संशोधन)अध्यादेश, २०७८' र 'रेल्वे अध्यादेश,२०७८' स्वीकृत भएको हो ।
बैठकमा चारवटै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर सो प्रस्ताव बहुमत अस्वीकृत भएको थियो ।
गत भदौदेखि संसदमा विरोध जनाउँदै आएको एमालले बुधबार पनि जारी राखेको थियो। सरकारले र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्ष दल फुटाउने मतियारको भूमिका खेलेको भन्दै भदौदेखि निरन्तर विरोध गरिरहेको छ ।
संसद बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले सदाझैं ‘संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’लगायतका नारा लगाउँदै बेल घेरेका थिए ।
एमालेले नाराबाजी कायम राखेपछि विरोधकै बीच संसदका नियमित कामकारबाही अघि बढाइएको थियो । कार्यसूचीअनुसार विधेयक पेश र त्यसमाथिको छलफललाई निरन्तरता दिइएको थियो । केही दिनदेखि विरोध र विरोधकै बीच संसद सञ्चालन हुने क्रम दोहोरिरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस