कारबाहीपछि पाण्डेकाे प्रतिक्रिया : मेरो आस्थालाई कसैले खोस्न र कारवाही गर्न सक्दैन
- गाउँ सहर संवाददाता
- ६ पौष मंगलबार, २०७८ | १६:२५:०० मा प्रकाशित

काठमाडाैं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफूलाई रवीन्द्र मिश्र पक्षले पार्टीबाट निष्कासन गरेको विषयप्रति भ्रममा नपर्न अनुराेध गरेका छन् ।
निष्कासनपछि पाण्डेले कारवाही गरिएको समाचारप्रति संक्षिप्त प्रतिकृया भन्दै 'म पार्टीका सदस्य तथा आम शुभेच्छुकहरुलाई अवैधानिक तरिकाले गरिएको निर्णयको भ्रममा नपर्न अनुरोध गर्दछु' अपिल गरेका छन् ।
उनले भनेका छन् -'मैले उन्नत, अग्रगामी र सुसस्कृत विवेकशील साझा पार्टी निर्माणका लागि मेरो जीवनका सर्वाधिक उर्जाशील १० वर्ष खर्च गरेको छु । तत्कालिन विवेकशील नेपाली दलको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भईरहँदा, पार्टी एकता गर्दा र अन्य राजनीति अभियानमा सम्लग्न हुदा विवेकशील साझा पार्टी गठन र सुदृढीकरणका लागि मैले निरन्तर सक्दो योगदान गरेको छु । र, अझै उन्नत, लोकतान्त्रिक र अग्रगामी पार्टी र राजनीतिका लागि मेरो सम्पुर्ण समय, विवेक र उर्जा लगाउन प्रतिवद्द छु । मेरो आस्थालाई कसैले खोस्न र कारवाही गर्न सक्दैन ।'
केही दिनअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको भन्दै मिश्र पक्षले मंगलबार पाण्डेलाई निष्कासन गरेको थियाे ।
म माथी कारवाही गरिएको समाचारप्रति संक्षिप्त प्रतिकृया
विवेकशील साझा पार्टीको एकिकरण घोषणापत्र, विधान र विचार विपरित एकाएक पार्टीमा पश्चगामी, संविधानविरोधी, व्यवस्थाविरोधी बाटोमा हिड्न पुगेका पार्टी अध्यक्ष रवीन्द्र मिश्रले आज अबैधरूपमा आफ्नो समुहको बैठक बोलाई मलाई पार्टी संयोजकबाट निश्कासन गरेको भन्ने समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
पार्टीभित्रको बैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्नेमा सो बिपरित 'पार्टीबाट निस्कासन' गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुरासयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णत: अस्वीकार गर्दछु।
साथै, म पार्टीका सदस्य तथा आम शुभेच्छुकहरुलाई अवैधानिक तरिकाले गरिएको निर्णयको भ्रममा नपर्न अनुरोध गर्दछु।
मैले उन्नत, अग्रगामी र सुसस्कृत विवेकशील साझा पार्टी निर्माणका लागि मेरो जीवनका सर्वाधिक उर्जाशील १० वर्ष खर्च गरेको छु। तत्कालिन विवेकशील नेपाली दलको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भईरहँदा, पार्टी एकता गर्दा र अन्य राजनीति अभियानमा सम्लग्न हुदा विवेकशील साझा पार्टी गठन र सुदृढीकरणका लागि मैले निरन्तर सक्दो योगदान गरेको छु। र, अझै उन्नत, लोकतान्त्रिक र अग्रगामी पार्टी र राजनीतिका लागि मेरो सम्पुर्ण समय, विवेक र उर्जा लगाउन प्रतिवद्द छु। मेरो आस्थालाई कसैले खोस्न र कारवाही गर्न सक्दैन।
पार्टी निर्माण मेरोलागी सत्ताको खेल भन्दा धेरै जिवन र जगतलाई अझ उन्नत बनाउने अभियान हो। यो अभियानमा म अझ प्रतिबद्ध छु।
यसै प्रयोजनमा आजै विहान हामीले विवेकशील सझा पार्टीमा हालका सम्पुर्ण केन्द्रीय समिति सदस्य समेत सहभागि २०१ सदस्यीय 'विवेकशील साझा पार्टी सुदृढिकरण अभियान' को केन्द्रीय समिति घोषणा भएको छौ। यो कुनै समानान्तर समिति नभई पार्टीलाई अझ सुदृढ गर्ने र तलैबाट पार्टीको जग निर्माणगर्ने मुल कार्यक्रम हो। यो मंसिर २४, २०७४ मा भएको पार्टी एकिकरणको मर्म सहितको विवेकशील साझा पार्टीको निरन्तरता हो।
कानुनी रुपमा हाम्रो मुद्दा निर्वाचन आयोगले हेर्दै छ। मलाई विश्वास छ, निर्वाचन आयोगमा बुझाइएको किर्ते दस्ताबेजलाई आयोगले खारेज गर्नेछ। त्यहाँबाट न्याय नपाए अदालतले न्याय दिनेछ।
अत: पार्टीको विचार त्यागेका, विधान च्यातेका र एकिकरण घोषणापत्रमाथी लात हानेका पार्टीका कुनै पनि नेतालाई विवेकशील साझा पार्टीको नाम, चिन्ह र पहिचान प्रयोग गर्ने कुनै अधिकार छैन। हामी विवेकशील साझा पार्टीलाइ वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिनेछौँ र पार्टीमा भईरहेका अवैधानिक गतिविधिलाई निस्तेज गर्दै अघि बढ्नेछौँ।
मिलन पाण्डे
संयोजक
विवेकशील साझा पार्टी
२०७८/०९/०६

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बुधबारसम्म वर्षाकाे अनुमान
- ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता
- भ्रष्टाचार : सबैभन्दा धेरै स्थानीय तहसँगसम्बन्धित मुद्दा
- कोरोना खोप विकासमा अनुसन्धान गर्ने दुई जनाले पाए चिकित्सा विज्ञानमा नोबेल पुरस्कार
- प्रभु बैंकले संचालनमा ल्यायो स्मार्ट अडियो अलर्ट डिभाइस
- शेयरबजारमा सामान्य अंककाे वृद्धि
- किसानलाई माैसम विभागकाे आग्रह : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’
- वाणिज्य सचिव मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- टि२० आईमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने
- पाँचखाल नगरका अधिकांश प्राविमा एक शिक्षक बराबर दुई विद्यार्थी
प्रतिकृया दिनुहोस