ए डिभिजन फुटबल : हिमालयन शेर्पाको पहिलो जित
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १०:५५:०० मा प्रकाशित
काठमाडाैं । काठमाडाैमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाईजलाई हराएर सिजनको पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतबार भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज (बिबिसी) लाई ३–१ गोल अन्तरले हराउँदै सिजनको पहिलो जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले पाँचौ मिनेटमा अग्रता लिए पनि ५३ औं मिनेटमा गोल खान पुगको थियो ।
खेलको पाँचौ मिनेटमा मुतम्बा पिस्टोनीको गोलमा शेपाले खेलमा अग्रता बनाएको थियो । तर भुवन बस्नेत ५३ औं मिनेटमा बिबिसीका लागि गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । अघिल्ला खेलमा स्पष्ट अंक जोड्न नसकेको हिमालयन शेर्पाले बिबिसीविरुद्ध बराबरीपछि आक्रामक खेल देखाएको थियो । सोही अनुसार शेर्पाका सुरेश कुमालले ७४ औं मिनेटमा गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए । कुमालले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । पछि परेसँगै काउन्टरको प्रयास गरेको बिबिसीले इन्जुरी समयमा गोल खान पुग्यो । मनिष थापाले गोल गर्दै शेर्पाको जित निश्चित गरे । यससँगै मनिषले हिमालयन शेपाबाट डेब्यु गोल गरेका छन् ।
रोमाञ्चक जितसहित शेर्पाले ५ खेलबाट तालिकामा ५ अंक जोडेको छ । शेर्पा नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक भएको बिबिसी गोल अन्तरका आधारमा तालिकाको दशौं स्थानमा झरेको छ । लिगमा भोली पनि एक खेल हुनेछ । दिनको १ बजे हुने खेल फ्रेन्ड्स र एपिएफ फुटबल क्लबबीच खेल हुनेछ । खेल दशरथ रंगशालामा हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस