सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबकाे पहिलो जित
- गाउँ सहर संवाददाता
- ४ पौष आइतबार, २०७८ | १९:४०:०० मा प्रकाशित

काठमाडौं । हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकाल्नेक्रममा आइतबार ब्रिगेड ब्वाइज क्लबविरुद्ध ३–१ को नतिजा निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पाले मिडफिल्डर मुतम्बा पिस्टोनको गोलबाट चौथो मिनेटमा अग्रता लिएको थियो । ५३औँ मिनेटमा बिग्रेड ब्वाइजका बैकल्पिक खेलाडी भुवन बस्नेतको बराबरी गोल फर्काए । भुवन ४६औँ मिनेटमा दिनेश राईको स्थानमा मैदान छिरेका थिए ।
७४औँ मिनेटमा सुरेश कुमालले गरेको गोलबाट हिमालयन शेर्पा पुनः अग्रता लियो । इन्जुरी समयमा मनिष थापाले अर्को गोल थप्दै हिमालयन शेर्पाको जित पक्का गरेका थिए ।
जारी लिगमा हिमालयन शेर्पाको यो पहिलो जित हो । जितसँगै पाँच खेलबाट पाँच अंक जोडेको हिमालयन शेर्पा आठौँ स्थानमा उक्लिएको छ । जुन रेलिगेशन क्षेत्रमा रहेको फ्रेण्ड्सको भन्दा तीन अंकले माथि हो ।
पराजित ब्रिगेड ब्वाइज पाँच अंकका साथ नवौँ स्थानमा छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
प्रतिकृया दिनुहोस