कला
‘के छ खबर’ गीतको म्युजिक भिडियो सार्वजनिक
- गाउँ सहर संवाददाता
- ४ पौष आइतबार, २०७८ | १२:३०:०० मा प्रकाशित

काठमाडाैं । पहिलो नेपाल आइडल बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको गीत ‘के छ खबर’ सार्वजनिक भएको छ । गीतमा हीराकाजी थापाको शब्द तथा नागेन्द्र श्रेष्ठ संगीत रहेकाे छ ।
गीतको म्युजिक भिडियो गीतकार थापा आफैंले निर्देशन गरेका छन् । जसमा मोडल उषा उप्रेती र सागर खनालको अभिनय देख्न सकिन्छ । लामो समयदेखि एक अर्काको प्रेममा रहेका एक जोडीको रोमाञ्चित प्रेम कहानी भिडियोमा देखाउन खोजिएको छ ।
राहुल प्रधानको संगीत संयोजन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोको सागर प्रधानले छायाङ्कन र अनिल राना मगरको सम्पादन छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस