काठमाडाैं । नेपाली कांग्रेसको सहमहामन्त्री (महिलातर्फ) महालक्ष्मी 'डीना' उपाध्याय विजयी भएकी छन् । विहीबार पार्टी कार्यालय सानेपामा भएको मत परिणाम अनुसार सहमहामन्त्रीमा विजयी भएकी हुन् ।
डिनाले २५३३ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले २१०५ मत ल्याएकी छन् । महिला तर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था छ। कांग्रेस निर्वाचन समितिले मत परिणाम भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
कमला पन्तलाई पराजित गरेर उनी कांग्रेसको पहिलो निर्वाचित सहमहामन्त्री भएकी छन् । उपाध्याय शेरबहादुर देउवा प्यानलकी उम्मेदवार हुने भने पन्त शेखर कोइराला प्यानलबाट चुनाव लडेकी थिइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस