अर्थतन्त्र

४० मिनेटका लागि शेयर कारोबार बन्द

काठमाडाैं । निरन्तर घटेकाे शेयरबजार साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार खुलेको २ घण्टा नपुग्दै नेप्से सूचक ५ प्रतिशतले बढेपनि ४० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ।

कारोबार खुलेको २ घण्टा नपुग्दै नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि शेयर कारोबार स्थतिग भएकाे हाे ।

१२ बजेर ३८ मिनेटमा नेप्से सूचक ५.०१ प्रतिशत अर्थात् ११४.२५ अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्से सूचक २३९५.९३ को बिन्दुमा पुगेको छ । हालसम्म २१८ कम्पनीका ३२ लाख ६४ हजार ३ सय ५८ कित्ता शेयर खरीद बिक्रिबाट १ अर्ब ४५ करोड ६० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार बह्येको छ ।

सूचक ५ प्रतिशतले बढे संगै ४० मिनेटको लागि कारोबार स्थगित भएको छ । हालको सर्किट ब्रेकको नियम अनुसार  पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुनेछ । त्यस्तै दोस्रो घण्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुनेछ । र तेस्रो घण्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुनेछ ।  

गाउँ सहर संवाददाता