काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि अहिले मतदान जारी छ । महाधिवेशन आयोजना स्थल भृकुटीमण्डप र प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा मतदानको व्यवस्था मिलाइएको छ । त्यस क्षेत्रमा विहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनीमार्ग वरपरका पसलहरु पनि खोल्न दिइएको छैन ।
भृकुटीमण्डपको मुख्य गेट बन्द गरिएको छ । सन्चारकर्मीलाई पनि भित्र जान दिइएको छैन । मतदाताहरु प्रदेशगत रुपमा गेट बाहिरैबाट लाइनमा बसेका छन् । सभापतिसहित १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस