काँग्रेस महाधिवेशन : हेर्नुहोस अन्तिम नामावली
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | १५:४०:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
१३ जना पदाधिकारीसहित १३४ पदका ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ५७ जनाले आफ्नो मनोनयन फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका हुन् ।
सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरी र ५५ जना विभिन्न कलस्टरका सदस्यका प्रत्यासीले मनोनयन फिर्ता लिएका छन् ।
आइतबार दिउँसो १ बजेसम्मका लागि मनोनयन फिर्ताका लागि दिएको समयमा एक सभापति, एक सहमहामन्त्रीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका कांग्रेस निर्वाचन समितिले जानकारी दिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस