विश्व

भारतीय सेना प्रमुख बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना

काठमाडाैं । तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा आज बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनामा परेकाे छ । 

दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए । 

हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्ता विमानबाट तीन जनालाई बचाइएकाे र तीमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ । 

 हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी पनि रहेको समाचारहरुमा जनाइएको छ । दुर्घटनामा घाइते भएका कम्तीमा ३ जनालाई अस्पताल लगिएको स्रोतलाई उदृत गर्दै  भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत