कांग्रेस महाधिवेशन : सभापतिका लागि साझा उम्मेदवार खाेज्दै पाेडेल पक्ष
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बुधबार, २०७८ | ०७:४३:०० मा प्रकाशित

काठमाडौं । १४औँ महाधिवेशनको दुई दिन बाँकी रहँदा नेपाली कांग्रेसमा उम्मेदवारको टुंगो लगाउन आन्तरिक बैठकहरु लगातार बस्न थालेका छन् ।
संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्ने भएपछि संस्थापनइतर समूह साझा उम्मेदवारको टुंगो लगाउन लागिपरेको छ ।
पछिल्लो तीन दिनदेखि दुबै समूहमा औपचारिक छलफल भइरहे पनि अझै सभापतिका लागि साझा उम्मेदवारको टुंगो लागेको छैन ।
केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राखेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाले इतरपक्षबाट एक जना मात्रै उम्मेदवार भए आफू पछि हट्न सक्ने बताएका छन् ।
वरिष्ठ नेता पौडेलले बुधबार साँझसम्म निर्णयमा पुग्ने बताएका छन् । उनले भने, ‘सहमतिको निकै नजिक पुगेका छौँ। सबै कोणबाट छलफल गर्यौं । बुधबार साँझसम्म निर्णयमा पुग्छौँ ।’
संस्थापनइतर पक्षले आज पूर्वजिल्ला सभापति, निर्वाचित जिल्ला सभापति र प्रदेश सभापतिसँग परामर्श गर्दैछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस