काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ३१५ जना कोभिड-१९ संक्रमित थपिएका छन् ।
११ हजार ६१० वटा नमूनाको परीक्षण गर्दा ३१५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।
त्यस्तै आज ३०४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२२ जना कोभिड-१९ संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा ८२ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक हजार ६१७ पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस