कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने कार्कीकाे घाेषणा
- गाउँ सहर संवाददाता
- २१ मङ्सिर मंगलबार, २०७८ | ०४:४४:०० मा प्रकाशित

रामेछाप । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा रामेछापका युवा नेता रत्न कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
प्रदेशसभा-१, रामेछापबाट उम्मेदवार भइसकेका कार्कीले केन्द्रीय सदस्य (खस, आर्य) मा उम्मेदवारी घोषणा गरेका हुन् । रामेछापबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित उनी संस्थापन पक्षीय नेता हुन् ।
उनी लामो समयसम्म नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिमा सक्रिय भए । उनी नेविसंघ रामेछापका पूर्व अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्षसमेत भए ।
११ औं महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदै आएका छन् ।
उनी युवा तथा अघिल्लाे पुस्तालाई समन्वय गर्नसक्ने नेता मानिन्छन् ।
उनी पनि संस्थापन पक्षका नेता हुन् । फरक गुटका नेताहरूसँग पनि उनको उत्तिकै नजिकको सम्बन्ध रहेको कार्यकर्ताहरू बताउँछन् ।
'प्रदेशमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाइ, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,' उनले भने ।
कार्कीले भने- 'नेपाली काङ्ग्रेसलाई वैचारिक, सैध्दान्तिक रुपमा सुदृढीकरण गर्दै आम नेपालीको आस्था, विश्वास तथा भरोसाको विशाल पार्टी निर्माण गर्ने प्रमुख लक्ष्यकासाथ केन्द्रीय सदस्य उठ्ने निर्णय गरेको छु ।'
नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादको बाटोमा हिड्ने पार्टी भएकोले यस पार्टीले शिक्षा, स्वास्थ्य र नागरिकप्रतिको उत्तरदायित्वलाई आफ्नो मूल एजेण्डा बनाउनु पर्ने उनको तर्क छ ।
'विगत तीन दशकदेखि विद्यार्थी राजनीति गर्दै पार्टीको पनि विभिन्न तहको जिम्मावारी निर्वाह गरिसकेको हुँदा मेरो अनवरत सङ्घर्ष, अनुभव तथा योग्यताको समेत उचित मूल्याङन गरी केन्द्रीय नेतृत्व प्रदान गर्ने महत्वपूर्ण अवसर यहाँहरुले प्रदान गर्नुहुने दृढ विश्वास गर्दै केन्द्रीय सदस्य पदमा अमूल्य मत दिई विजयी गराइदिनु हुन तपाईं महाधिवेशन/महासमिति तथा शुभचिन्तक परम आदरणीय महानुभावहरु समक्ष हार्दिक अनुरोध गर्दछु' कार्कीले मतदातासँग मत माग्दै भने ।
कार्की राजनीतिसँगसँगै विभिन्न सामाजिक संस्थामार्फत सामाजिक कार्यमा पनि संलग्न रहँदै आएका छन् ।
कार्कीले प्रयास नेपाल सङ्स्थामार्फत अनाथ असहय बालबालिकाको पालनपाेषण, संरक्षण तथा शिक्षादिक्षा प्रदान गर्न निरन्तर सहयाेग गरिरहेका छन् । उक्त सङ्स्थामार्फत दूर्गम जिल्लामा विद्यालय निर्माण, बाढी पहिरो पीडीतलाई सहयोग तथा असहायलाई छात्रबृत्ति, भूकम्प तथा कोरोना पीडितको उद्दार तथा राहत बितरणमा महत्वपूर्ण सहयाेग गरिरहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस