शनिबार दुर्घटनामा परी दुई जनाले ज्यान गुमाए
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर आइतबार, २०७८ | ०४:४८:०० मा प्रकाशित

काठमाडौँ । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ चाफीमा शनिबार भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । बालुवा लोड गरिएको ना ५ त ४१०८ नंको ट्र्याक्टरले च्यापिएर पटेर्वा सुगौली–२ रङ्गपुर बस्ने ३५ वर्षीय साबिर खानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस्तै तनहुँको व्यास नगरपालिका–११ फराकचौरमा शनिबार दिउँसो भएको ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय अमृत नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ग १ त ६२८८ नंको ट्र्याक्टर सडकछेउ अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । जुठेपानीमा सामान झारेर आउँदै गर्दा सडक छेउमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस