स्वास्थ्य

ओमिक्रोनका कारण नआत्तिन बरु सर्तक भएर आवश्यक तयारी गर्न डब्लूएचओकाे आग्रह

काठमाडाैँ । कोभिड-१९ को नयाँ भेरिअन्ट ओमिक्रोनका कारण नआत्तिन बरु सर्तक भएर आवश्यक तयारी गर्न विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।

एउटा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले शुक्रवार अहिलेको अवस्था गत वर्षको भन्दा निकै फरक रहेको बताइकी छन् ।

प्राप्त विवरणहरूका अनुसार ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ ।

भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन् ।

तर नेपालमा अहिलेसम्म यो भेरिअन्ट आइपुगेको जानकारी छैन ।

गाउँ सहर संवाददाता