वातावरण

उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानहरूमा हल्का हिमपात

काठमाडाैँ । २०७८ मंसिर १८ गते (शनिबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता