१६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने
- गाउँ सहर संवाददाता
- १६ मङ्सिर बिहीबार, २०७८ | १३:५०:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने कांग्रेस निर्वाचन समितिले जानकारी दिएकाे छ । समितिका सचिव जगन्नाथ श्रेष्ठले बिहीबारदेखि सबै प्रदेशमा प्रदेश अधिवेशन सुरू हुने भएकाले अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै गरिने बताएका हुन् ।
अहिले जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेका छौँ ।’ कांग्रेसले बिहीबार सबै प्रदेशको अधिवेशन सुरू गर्दैछ ।
निर्वाचन हुन बाँकी १६ जिल्लामा केन्द्रीय महाधिवेशनपछि निर्वाचन समितिले नयाँ कार्य तालिका सार्वजनिक गर्ने छ । सोहीअनुसार अधिवेशन हुनेसमेत उनले बताए ।
श्रेष्ठका अनुसार प्रदेश २ का आठ जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीसहित चितवन, कैलाली र बाँकेलगायत १६ जिल्लामा अधिवेशन हुन सकेको छैन । हालसम्म ६१ जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ । केन्द्रीय महाधिवेशन भने मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस