सिटिजन लाइफका कर्मचारीद्वारा बीमितकाे घरमै पुगेर बीमा दाबीकाे रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | २१:११:०० मा प्रकाशित
.jpeg)
झापा । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी बिर्तामाेड शाखाले अर्जुनधारा नगरपालिका-१, साँघुटारस्थित मृतक युवराज मिश्रकाे बीमा दाबी भुक्तानी बापत दश लाख पचास हजार रूपैयाँ घरमै गएर हस्तान्तरण गरेकाे छ ।
मृतक युवराज मिश्रले सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीमा दश लाख बीमांक बराबरकाे बीमा गरेकाेमा श्रीमती इन्दीरादेवी मिश्रलाई बीमांक बराबरकाे रकम र काजक्रिया खर्च ५० हजारसमेत गरि दश लाख पचास हजार प्रदान गरेकाे हाे ।
बीमा वापतकाे रकम भुक्तानी कार्यक्रममा अर्जुनधारा नगरपालिका-१, का वडाध्यक्ष गजाधर खतिवडा, वडा सदस्य माधव आचार्य, सूर्याेदय टेलिभिजनका संचारकर्मी केशवराज भण्डारी, सिटिजन लाइफ इनस्याेरेन्सका एरिया ब्रान्च मेनेजर उत्तम काेइराला, बिर्तामाेड ब्रान्च मेनेजर जमुना कटुवाल, एजेन्सी मेनेजर कमला चापागाइँ, भुवन सेढाइ, नविना अधिकारी, सनिता भण्डारीकाे उपस्थिति रहेकाे थियाे ।
इन्स्याेरेन्सले घरमै पुगेर बीमा रकम उपलब्ध गराएकाेमा बीमितकी छाेरीले धन्यबाद व्यक्त गरिन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस