कांग्रेसको ५७ जिल्लामध्ये २९ जिल्लामा देउवा समुह अगाडी (नामसहित)
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | १५:३१:०० मा प्रकाशित
काठमाडाैं । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मंगलबारसम्म ५७ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । जसमा अहिलेसम्मको नतिजा हेर्दा संस्थापन समुह बलियो देखिएको हो ।
प्रदेश २ का आठ जिल्लासहित २० जिल्लामा भने अधिवेशन हुन बाँकी छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मंसिर १६ र १७ गते प्रदेश अधिवेशन हुनुअघि निर्वाचन हुन बाँकीमध्ये आधा जिल्लाको अधिवेशन सम्पन्न हुनेछ ।
केही जिल्लाहरुले प्रदेश अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने तयारी गरेका छन् । मोरङमा सोमबार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणमा सभापतिको निर्वाचन हुँदैछ ।
अहिलेसम्मको नतिजा हेर्दा ५७ मा २९ जिल्ला संस्थापन समुहले जितेको छ भने २६ जिल्ला संस्थापन ईतर पक्षका सभापति आएका छन् । दुई जिल्ला बाग्लुङ् र झापा सिटौला समुहले हात पारेको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मंसिर १६ देखि १८ गतेसम्म प्रदेश अधिवेशन हुदैछ । भने प्रदेश अधिवेशन हुनुभन्दा अगाडि नै बाँकीमध्ये आधा जिल्लाको अधिवेशन सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ ।
संस्थापनइतर समूहबाट सभापति
१. दीपक खड्का, संखुवासभा
२. बर्मा लामा, दोलखा देउवा
३. अम्मबहादुर शाही, कालीकोट
४. रोमीगौचन, मुस्ताङ
५. नन्दप्रसाद न्यौपाने, गोरखा
६. शंकर डाँगी, दाङ
७. रामसिंह रावल, बाजुरा
८. केशव श्रेष्ठ, अर्घाखाँची
९.विनोद बान्तवा, भोजपुर
१०. चतुरबहादुर चन्द, बैतडी
११. विष्णुकुमार गिरी, प्यूठान
१२. अर्जुनबहादुर तुम्बाहाङ्फे, तेह्रथुम
१३. किशोर आचार्य, रोल्पा
१४. विष्णुकुमार राई, खोटाङ
१५. ललितसिंह बोहरा, दार्चुला
१६. राजु थापा स्याङ्जा
१७. हिमालदत्त श्रेष्ठ, पाल्पा
१८. अर्जुनकुमार पोखरेल, पश्चिम नवलपरासी
१९. मणिराम रेग्मी, दैलेख
२०. अब्दुलकलाम, कपिलबस्तु
२१. केदार भण्डारी, सुनसरी
२२. रमेश महत, नुवाकोट
२३. कृष्ण बानियाँ (सबुज), काठमाडौं
२४. रामनाथ अधिकारी, धादिङ
२५. खिलध्वजपन्थी, गुल्मी
२६. केशरमान रोका, रुकुमपूर्व
संस्थापन समुहका सभापति
१. गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ
२. मोहनविक्रम सिंह, हुम्ला
३. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप
४. ऐनबहादुर शाही, मुगु
५. खडक बोहरा, बझाङ
६. खमबहादुर गर्बुजा, म्याग्दी
७. शंकर गुरुङ, मनाङ
८. केशरबहादुर विष्ट, सल्यान
९. दीपेन्द्र शाही, डोल्पा
१०. भीमबहादुर साउद, डडेल्धुरा
११. कर्णबहादु शाही, जुम्ला
१२. बेदराज सिंह, जाजरकोट
१३. रुपनारायण जवेगु, पाँचथर
१४. डा. टकबहादुर गुरुङ, लमजुङ
१५. नरेन्द्रबहादुर सिंह, डोटी
१६. तेजेन्द्र खनाल, ओखलढुंगा
१७. युवराज जोशी, पर्वत
१८. किशोरदत्त बराल, कास्की
१९. डम्बर खड्का, इलाम
२०. रामकृण खाण, रुपन्देही
२१. प्रेमप्रकाश वली, रुकुम पश्चिम
२२. जितेन्द्र श्रेष्ठ, ललितपुर
२३. तीर्थ लामा, काभ्रे
२४.पदम बोगटी, कञ्चनपुर
२५. खड्क पोखरेल, सुर्खेत
२६. जीतप्रकाश आले, तनहुँ
२७. हिमाल कार्की, उदयपुर
२८. दुर्लभ थापा, भक्तपुर
२९ अरुण प्रकाश सिंह राठौर, बर्दिया
सिटौला समूह
१. देउमान थेवे, झापा
२. जित शेरचन, बाग्लुङ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस