राप्रपा अध्यक्षका उम्मेद्वारी घाेषणा गरेका लिङदेनलाई लोहनीको समर्थन
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | १२:५५:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन जनाएका छन् । आज एक कार्यक्रममा लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै आफू लिङदेनको पक्षमा उभिएको बताए ।
बुधबारबाट सुरू हुन लागेको राप्रपाको महाधिवेशनका लागि अध्यक्षमा लिङ्देन र कमल थापाको उम्मेदवारी घोषणा भएको छ । राप्रपाका तीन अध्यक्ष थापा, लोहनी र पशुपतिशमशेर राणामध्ये थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा लोहनीले लिङ्देनलाई समर्थन जनाएका हुन् । तर जबराले मौन बसेका छन् ।
राप्रपाको महाधिवेशन १५ मंसिरबाट आयोजना हुँदैछ । थापाले हिजो र लिङदेनले केही दिनअघि उम्मेदवारी घोषणा गरेका थिए ।
.jpg)
लोहनीले आफू सहमतिबाट नेतृत्व चयनको पक्षमा भएकोमा त्यो सम्भव नदेखिकोले लिङदेनको पक्षमा उभिएको बताए ।
‘म अन्य दुई मित्र अध्यक्षहरुलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
आफू भविष्यमा पनि राप्रपाप्रति समर्पित रहेर नेपाल र नेपालीको हितमा सक्रिय रहने लोहनीको प्रतिबद्धता छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस