गाउँ सहर

नाडा अध्यक्षका उमेद्ववार थापा समूह पोखराका अटोमोवाइल व्यवसायीसँग छलफलमा

पोखरा । नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै अध्यक्षमा उमेद्ववारी घोषणा गरेका ध्रुव थापाको टीमले पोखराका अटोमोवाइल व्यवसायीसँग छलफल गरेकाे छ । थापाको टीम र त्यहाँका स्थानीय व्यवसायीबीच अन्तरक्रिय कार्यक्रम आयोजना गरि अटाेमाेबाइलका बारेमा छलफल गरिएकाे हो ।

नाडाको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेका थापालगायतका उनको सम्पूर्ण उम्मेद्वार सदस्यसहित भएको कार्यक्रमा कास्की जिल्लाका पोखरा, लेखनाथ, नयाँबजार क्षेत्रमा व्यवासाय गर्ने व्यवसायीको साथै, बाग्लुङ, पर्वत, तनँहु जिल्लाका अटो व्यवसायीहरु सहभागीता रहेको थियो । साथै उक्त कार्यक्रममा नाडाका सम्पूर्ण पूर्वाध्यक्षहरुको स्पष्ट समर्थन थापा समूहलाई रहेको जानकारी गराइएको थियो । 

नाडा नेपाल अटोमोबाइल्स् एसोसिएशन अफ नेपालका बर्तमान कार्यसमिति सदस्य तथा थापा प्यानलबाट उमेद्वारी दिएका कपिल शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा पश्चिमाञ्चल अटोमोवाइल्स डिलर एसोसिएसका पूर्वअध्यक्ष माधवप्रसाद पौडेलले स्वागत मन्त्यव्य राखेका थिए । 

कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानून, न्याय तथा सञ्चार मन्त्री बिन्दुकुमार थापा, लायन्स मल्टिपल ३२५ नेपालका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन लायन प्रेमबहादुर श्रेष्ठ, नेपालउद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरी लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा अध्यक्षका प्रत्यासी उमेद्वार थापाले आफू र आफ्नो टिम नेतृत्वमा आएपछि गरिने नीतिगत सुधारहरु, सचिवालयमा गरिने सुधारहरु, नाडा अटो सो को प्याटेन्ट लिनेदेखि लिएर मोफोसलमा पनि केन्द्र कै आयोजनामा अटो शो गरिने अवधारणा, सदस्यहरुको क्षमता अभिबृद्धि गरिने बिषय, कुनै पनि व्यवसायीले अटोमोबाइल क्षेत्रका जानकारी लिन चाहेमा सदस्य व्यवसायीले चाहिएको जस्तो डाटा व्यवस्थापन गरेर उपलब्ध गराउन डाटा हबको निर्माण गर्ने र संस्थात रुपमा नाडाकातर्फबाट गरिने समाजिक उत्तरदायित्वका कार्यहरुको बारेमा आफ्नो स्पष्ट धारणाहरु राखेका थिए ।

अहिले नाडामा साना, मझौलादेखि लिएर ठूला व्यवसायिक घरानाहरुकोसमेत सहभागिता रहेकोले सबैलाई समेटेर लैजानुपर्ने आवश्यक्ता रहेको बताए । त्यसैगरि अहिले नाडाको सातै प्रदेशमा संगठन बिस्तार भएपनि सबै प्रदेशमा रहेका सबै व्यवसायीलाई समेट्न बाकी रहेको भन्दै, प्रदेशमा रहेका संगठनलाई थप अधिकार प्रयोजन गरि आर्थिक रुपमा पनि सवल र सक्षम बनाउनुपर्ने आवश्यक्ता रहेको उल्लेख गरे । 

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै अध्यक्ष उमेद्वार थापाले व्यवहारिक रुपमा आफू र आफ्नो टीमले निर्वाचन जित नजिक रहेकाे दाबी गर्दै भने, ‘चुनाव टेक्निकल विषय भएकाले मतदाताले दिएको मत गणना नभएसम्म जित मान्ननसकिने हुँदा सबै व्यवसायीलाई नाडाको निर्वाचनमा उपस्थित भएर भोट खसाल्न अपिल गर्छु ।’

थापाले चुनावपश्चात आफूलगायत आफ्नो टीमले सम्पूर्ण साना तथा ठूला व्यवसायीलाई समान सम्झेर नाडाको विधि र विधानअनुसार कामगर्ने प्रतिबद्धता जनाए ।  

कार्यक्रममा सहभागी उम्मेद्वारहरुका अनुसार थापाको प्यानललाई गोल्छा, लक्ष्मी, दुगड, जगदम्बा, आइएमई, खेतान, अग्नी, बिसाल, ज्योति समूह लगायत वैद्य अर्गनाइजेसन, केडिया अर्गनाइजेसन, कन्टिनेन्टल समूह आदि ठूला  व्यवसायीहरुकोसमेत समर्थन रहेकोले हाम्रो जित सुनिश्चित देखिन्छ भन्ने कुरामा विश्वस्त छन् ।

लेखनाथउद्योग बाणिज्यसंघका अध्यक्ष छत्रधर आत्रेयले नाडाका अध्यक्ष पदका उम्मेद्वार थापा एक सक्षम नेतृत्वकर्ता बन्ने र उनको व्यवसायीक यात्राले पनि यसलाई पुष्टि गरेको धारणा राखे ।

पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनप्रजापतिले ध्रुवथापाविगत २१ वर्षदेखि पोखराको व्यवसायी संघमा आबद्ध भएको तथा अनुभवी उम्मेद्वार भएकाले उनले नाडाको सफल नेतृत्व गर्न सक्ने विचार राखे ।

कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल व्यवसायी संघका अध्यक्ष मोहनबाबु खड्काले अध्यक्षका प्रत्यासी थापाको ब्यवासायिक यात्राका साथै पारिवारिक र समाजिक बिषयहरुलाई समेत समेटेर परिचय गराएका थिए । 

कार्यक्रममा उठेका बिभिन्न विषयमा नाडाका वर्तमान उपाध्यक्ष आकाश गोल्छा र नेपालका लागि बिवाईडि इलेक्ट्रिक गाडीका आयातकर्ता यमुना श्रेष्ठले जवाफ दिएका थिए । 

नाडालाई व्यवस्थित गर्दै व्यावसायिक हितमा काम गर्न सुझाव दिँदै उपस्थितव् यवसायीले आफुहरुको समर्थन थापा र उनको टिममा रहेको बताएका थिए ।

अन्तरक्रियामा बोल्ने अधिकांश व्यवसायीले थापा एक असल व्यवसायी र पोखरा क्षेत्रको गहना भएको बताएका थिए । अधिकांश वक्ताले अटो जोन निर्माणमा पहल थाल्न सुझाव दिएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत