लालबाबु पण्डितले किन अस्वीकार गरे केन्द्रीय सदस्य पद
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर सोमबार, २०७८ | १४:००:०० मा प्रकाशित

काठमाडौं । एमाले नेता लालबाबु पण्डितले पार्टीको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यको सूचीमा उनको नाम थियो ।
ओलीले केन्द्रीय कमिटीमा पण्डितलाई प्रस्ताव गरेपछि अस्वीकार गर्दै सामाजिक सञ्जालमा सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको लेखेका छन् ।
उनी १० औं महाधिवेशनमा पदाधिकारीका आकांक्षीसमेत रहेका थिए ।
ओलीले केन्द्रीय कमिटीमा पण्डितलाई प्रस्ताव गरेपछि अस्वीकार गर्दै सामाजिक सञ्जालमा सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको लेखेका छन् ।
पण्डितले सामाजिक सञ्जालमा पनि आफू पार्टीको कार्यकारी पदमा नरहेको घोषणा गरेका छन् । उनले आजैदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको बताउँदै दसौं महाधिवेशनबाट विजयीहरूलाई शुभकामना दिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्राप्त प्रतिक्रिया
अब साईकल चढेर बनारस तिर हिंडे जस्तो छ ।
साईकल ले पनि तेल खायर हाे
साइकल चलाउछ त कसरी एमाले हुन्छ सरर गाडी मा आउनुपथ्र्यो महाधिवेशन मा केपि ले राम्रो पद दिन्थ्यो
यस्ता त्यागी नेता नेपालमा बिरलै पाउछन
प्रतिकृया दिनुहोस