जिल्ला अधिवेशनका कारण प्रदेश अधिवेशन रोकिदैन : निर्वाचन समिति
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर आइतबार, २०७८ | १२:१६:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला तहको अधिवेशन भइरहेको छ । जिल्ला अधिवेशन नसकिए पनि प्रदेश महाधिवेशन हुने कि नहुने भनेर नेता कार्यकर्तामा अन्योल भइरहेका बेला केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशनका कारण प्रदेश अधिवेशन नरोकिने स्पष्ट पारेको छ । प्रदेश अधिवेशनका लागि अब चार दिन मात्रै बाँकी रहेको छ ।
हिजाे बसेको समितिको बैठकले तोकिएकै मितिमा प्रदेश अधिवेशन पूरा गर्ने गरी तयारी अघि बढाएको हो । समितिका सदस्य गोपालकृष्ण घिमिरेले जिल्ला अधिवेशन नसकिए पनि प्रदेश महाधिवेशन नरोकिने बताएका छन् ।
घिमिरेले भने, ‘हाम्रो प्राथमिकता जिल्ला अधिवेशन होइन, प्रदेश र केन्द्रीय महाधिवेशन हो, त्यसैले जिल्ला अधिवेशन नसकिए पनि प्रदेश अधिवेशन रोकिदैन ।’
संवैधानिक व्यवस्थाका कारण कांग्रेस मंसिर मसान्तभित्र आफ्नो प्रदेश र केन्द्रीय कार्य समितिका पदाधिकारीको चुनाव गरेर त्यसको विवरण निर्वाचन आयोगमा बुझाई सक्नुपर्छ । निर्वाचन समितिले मसान्तभित्रै पदाधिकारीको मत परिणाम आइसक्ने गरी निर्वाचन कार्यक्रमको तयारी अघि बढाएको छ ।
उनले समय कम भएकाले उपाय नभएको बताए । महाधिवेशन त गर्नै पर्ने अवस्था छ । उनले मंसिर २१ गते नै मनोनयन दर्ता भएर निर्वाचनको प्रक्रिया अघि बढाइने बताए । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने कार्य तालिका रहेकाे छ ।
२४ गते उद्घाटन भएपछि २५ गते नै मतदान गर्ने गरी तयारी भइरहेको समितिले जनाएको छ । केन्द्रीय महाधिवेशनअघि १६ र १७ गते प्रदेश महाधिवेशन हुँदैछ । हालसम्म ३६ जिल्लामा अधिवेशन भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस