नाडाको अध्यक्षका प्रत्यासी ध्रुव बहादुर थापा समूहको अन्तरक्रिया बनेपामा सम्पन्न
- गाउँ सहर संवाददाता
- ११ मङ्सिर शनिबार, २०७८ | १०:१२:०० मा प्रकाशित
..jpeg)
बनेपा । मंसिर २३ र २४ गते हुनेनाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औँ साधारण सभा तथा उक्त सभाले नेतृत्व चयन गर्ने निर्वाचनलाई लक्षित गरेर मिति २०७८–०८–१० गते शुक्रबार होटेल उग्रचण्डी, बनेपामा ध्रुव थापाको अध्यक्षतामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल निर्वाचन सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।
अब बनाउनु छ नाडा, सबै अटोमोवाइल व्यवसायीको साझा’ भन्ने मूल नाराका साथ हुन गइरहेको नाडाको आगामी निर्वाचनमा थापा अध्यक्ष पदको उम्मेद्वार छन् ।
सम्पन्न कार्यक्रममा थापा प्यानेलका आकाश गोल्छा, अमरज्योती रञ्जित, बि. एन. पाठक, दिपेन्द्र कुमार मिश्र, कपिल सिवाकोटी, नारायणप्रसाद पौडेल(राजन), नवराज भुसाल, निराकार श्रेष्ठ, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सगुन बिर सिं कंसाकार, सञ्जयकुमार खेतन, शुभआसिष थपलिया, यमुना श्रेष्ठ, साथैकाठमाण्डौँका एवं काभ्रे जिल्लाका सम्पूर्ण अटोमोबाइल्स ब्ययवसायी सदस्यहरुको सहभागिता थियो ।
नाडाको वर्तमान कार्यसमिति सदस्य तथा हाल ध्रुव थापाको टिमबाट उमेद्वारी दिएका अटोमोबाइल ब्यवसायी कपिल शिवाकोटीले सञ्चालन गरेकाे कार्यक्रममा उपस्थित ठुलोव्यवसायीहरुको भेलालाई सम्वोधन गर्दै अध्यक्षका प्रत्यासी थापाले नाडामा हाल देखिएका समस्या र त्यसका समाधानका उपायहरुको बिच छलफल गर्दै आउँदै गरेको नाडाको चुनावमा आफ्ना प्रतिबद्धताहरु स्पष्ट पारे ।
आफ्नो टिम समाबेशी रहेको, नाडा कै इतिहासमा पहिलो पटक काभ्रे कै चेली यमुना श्रेष्ठसमेत आफ्नो टिममा रहेको जानकारी दिँदै थापाले साना ब्यवसाय देखि ठूला ब्यवसायी सबैको साथ आफूसँग रहेकोसमेत उनले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस