हृदयघातबाट पूजारीकाे मृत्यु
- गाउँ सहर संवाददाता
- १० मङ्सिर शुक्रबार, २०७८ | १२:१५:०० मा प्रकाशित
काठमाडाैं । हृदयघातबाट पूजारीकाे मृत्यु भएकाे छ । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आएका एक गुर्जु (पुजारी) को हृदयघातबाट मृत्यु भएको हाे । हरेक वर्षमा दुईपटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका–४ बल्खुका रत्नराज बज्राचार्यको आकस्मिक रुपमा हृदयघातबाट गए राति निधन भएको मनकामनाका स्थानीयवासी दिनेश जोसीले जानकारी दिएका छन् ।
उनले मनकामनाको एक होटलमा बास बसेका पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको बताएका छन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीको एक टोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस