एजेन्सी । कोइलाखानीमा आगो लाग्दा ५२ जनाको ज्यान गएकाे छ । साइबेरियाको एउटा कोइलाखानीमा आगो लाग्दा कम्तिमा ५२ जनाको मृत्यु भएको हाे । आगो लागेपछि खानीभित्रै केही हराइरहेका छन् । कोइलाको धुलोमा आगो लागेपछि खानीभित्र धुँवाको मुस्लोले ढाकेको थियो । धुँवाका कारण धेरै जना निसास्एिका थिए ।
खानीभित्र फँसेका सबै जनाको मृत्यु भएको हुन सक्ने रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते ४९ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । खानीभित्र ठूलो परिमाणमा मिथेन भएकोले जुनसुकै बेला बिस्फोट हुन सक्ने भन्दै उद्दार कार्य स्थगित गरिएको थियो । खानीबाट अझै पनि धुँवाको मुस्लो आइरहेको जनाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस