दर्जनभन्दा बढी चिनियाँ कम्पनीलाइ अमेरिकाले राख्याे कालोसूचीमा
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | १३:५०:०० मा प्रकाशित

एजेन्सी । अमेरिकाले थप एक दर्जनभन्दा बढी चिनियाँ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । राष्ट्रिय सुरक्षा र विदेश नीतिलाई लिएर चासो देखिएकाले व्यापार गर्ने गरी थप चिनियाँ कम्पनीहरुलाई कालोसूचीमा राखिएको अमेरिकाले जनाएको छ ।
कालोसूचीमा राखिएका केही कम्पनीले चीनको सैनिकलाई ‘क्वान्टम कम्प्युटिङ प्रोग्राम’ बनाउनका लागि सहयोग गरेको अमेरिकी राष्ट्रपतिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ताइवान, व्यापार, क्षेत्रीय संलग्नता, मानव अधिकार, कोरोना भाइरससहितका विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बढ्दै गएका बेला पछिल्लो प्रतिबन्ध आएको हो ।
गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्च्युअल वार्ता भएको थियो। सो वार्तामा व्यापारको विषयमा पनि चर्चा भएको थियो, तर त्यसले तनाव कम गर्ने पक्षमा कुनै ठोस प्रगति हासिल गर्न सकेन ।
अमेरिकाले चिनियाँ सैनिकलाई पछिल्लो पटक क्वान्टम कम्प्युटिङमा सहयोग गरेको भन्दै चीनका ८ प्रविधि कम्पनीलाई कालोसूचीमा राखेको हो । यस्तै १६ जना तथा चीन र पाकिस्तानबाट सञ्चालन भएका कम्पनीलाई पनि सूचीमा राखिएको अमेरिकाको वाणिज्य विभागले जनाएको छ ।
अहिले चीन, जापान, पाकिस्तान र सिंगापुरका २७ कम्पनी तथा व्यक्तिहरुलाई अमेरिकाले कालोसूचीमा राखेको हो ।
यस्तै मस्को इन्स्टिच्युट अफ फिजिक्स एण्ड टेक्नोलोजीलाई विभागले सैनिक प्रयोजनका लागि प्रयोग नगर्ने सूचीमा राखेको छ। अमेरिकाले सन् २०१९ मा चिनियाँ टेलिकम कम्पनी हुवावेलाई कालोसूचीमा राखेको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस