बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बस्दैँ, मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | १२:२०:०० मा प्रकाशित

काठमाडाैं । सर्वोच्च अदालत प्रशासनले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएको छ । गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्ने कार्य थालनी गर्न बिहीबार फुलकोर्ट बस्न लागेको हो ।
प्रधानन्यायाधीश जबरा बाहेकका सर्वोच्च अदालतका न्यायाधीशहरु सम्मिलित बुधबारको छलफलले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बोलाउने निर्णय गरेको थियो । सो को जानकारी न्यायाधीशहरूले मुख्य रजिष्ट्रारलाई बुधबार नै दिएका थिए । सोही आधारमा बिहीबार अपरान्ह २ बजे फुलकोर्ट बैठक बस्न लागेको हो ।
बिहीबार बिहानै सर्वोच्च प्रशासनले न्यायाधीशहरूलाई पत्र पठाएर २ बजे फुलकोर्ट राखिएको अदालत स्राेतले जानकारी दिएकाे छ । यद्यपि फुलकोर्टको एजेण्डा के–के छ भन्नेबारे भने सर्वोच्च प्रशासनले जानकारी गराएको छैन ।
यसअघि पेसी व्यवस्थापन निर्देशन समितिमा प्रधानन्यायाधीशको अनिवार्यता रहने गरी नियमावली संशोधन गराएका न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई बहिष्कार गर्दा निर्देशन समितिको नेतृत्व पनि प्रधानन्यायाधीश वा वरिष्ठतम् न्यायाधीशले गर्ने गरी पुनः नियमावली संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
पेसी तोक्ने कार्यका लागि पनि वर्तमान प्रधानन्यायाधीशलार्य राख्न नहुने बताएका उनीहरुले बुधबार सामुहिक छलफल गरी बिहीबार फुलकोर्ट बोलाउने र मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्यको थालनी गर्ने निर्णय गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस